जेठ २२ : सरकारले रगतको मूल्य वृद्धि गरेसँगै अब प्रति युनिट रगतको मूल्य ८१० देखि १ हजार ६४० रुपैयाँ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न परिपत्र गरेको छ । उक्त मूल्यमा ब्लड व्यागको १५०, ट्रान्सफ्युजन सेटको एक सय लगायत कायम गरिएको छ।
रगतको मूल्य बढाएकोेमा विरोध
नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतको मूल्य बढाएकोमा आपत्ति जनाएको छ । समाजले प्रेस विज्ञप्ति मार्फत दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको हो।
दानमा आउने रगत निःशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउन समाजको माग छ।












