सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन रुटमा कति ?

जेठ २७:  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढाएको हो ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको छ ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/2079.02.27अन्तरप्रदेशभाडादर.pdf”]