अमेरिकी सेनाको एसिया कमाण्डर र प्रधानमन्त्रीबीच भेट, के-के विषयमा भयो छलफल ?

जेठ २७ : अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका हुन् ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।