पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा विजयी, अन्य पदमा कसले मारे बाजी ?

जेठ २८ : नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पा सात सय ३५ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले एक सय २२ मत प्राप्त गरे ।

सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे चार सय २८ मत ल्याएर निर्वाचित बने । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले चार सय २३ मत ल्याए । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल चार सय ८९ मतका साथ विजयी भए।

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित बने ।

नयाँ नेतृत्व चयनका लागि शुक्रवार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो ।