जेठ २८ : नुवाकोटमा एक व्यक्तिको कारण त्रिशुली थ्रिएको उत्पादन ६ घण्टादेखि बन्द भएको छ । सो व्यक्ति प्रसारण लाइनमा चढेपछि उक्त आयोजनाको उत्पादन बन्द गरिएको हो ।
नुवाकोट बेलकोटगढीका माइला विक परिवारसँग झगडा गरेर बिहान ११ः३० बजे प्रसारण लाइनमा चढेका थिए । सो व्यक्ति चढेको तारमा विद्युत् सप्लाई नभए पनि सावधानीका लागि विद्युत् उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।











