नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

जेठ २९: नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकको कार्यसूची तय गर्ने योजना रहेको बताएका छन् ।

साथै सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक समेत बस्ने भएको छ ।