जेठ २९ : रोल्पाको दाउन्नेभीरमा सडकबाट ढिस्को खस्दा दुई बालकको मृत्यु भएको छ । निर्माण गरिरहेको सडकबाट ढिस्को खस्दा आज उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एकै परिवारका दाजुभाइ रहेका छन् । स्काभेटरले थर्काएको जनिमबाट खसेको ढिस्कोले दुवैलाई पुरेको थियो । प्रहरीको सहयोगमा मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा लगिएको छ ।











