आज आठौं चुरे दिवस, रुख र फलफूल प्रजातिका एक लाख बोटबिरुवा रोपिने

असार २ : चुरे संरक्षणका लागि विभिन्न कार्यक्रमको आयोजना गरी आज आठौं चुरे दिवस मनाइने भएको छ । राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले आज रुख र फलफूल प्रजातिका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ ।

असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको समितिले जनाएको छ । आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाति र एक करोड रुख, फलफूल प्रजाति रोप्ने लक्ष्य लिइएको छ ।