श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा अगाडिको चक्का चिप्लीएर घाँसतिर पुगेको हो।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज पाकिर्ङ रनवेमा जान लाग्दा घाँसतिर गएको हो।
‘पार्किङबाट निस्कने बेलामा जहाजको अगाडिको चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।
जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।