काठमाडौं । नेताहरुको कार्यविभाजन गर्न एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।
असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । पिार्टीका अध्यक्ष माधव नेपाल बिरामी भएयता नबसेको बैठक २१ गत बस्न लागीएको हो ।
केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको थिएन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो ।
यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।