सुनचाँदीको मूल्यमा गिरावट कति घट्यो तोलामा ?

काठमण्डौं कार्तिक १०

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो ।

चाडपर्वको समयमा सुनचादीको मूल्य घट्नुले व्ययसायीमा निरासा थपिएको छ, विशेषगरी अन्य समयको तुलनामा दशैं तिहार जस्तो चार्डपर्वमा सुनचादीको कारोबार बढि हुने गरेको व्ययसागीहरुको भनाई छ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।