काठमाण्डौं,कार्तिक ११
पटक पटक फुटको संघारमा पुगेर जुटको विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ। पछिल्लोपटक २०७७ मंसिरमा विवेकशील नेपाली र साझा पार्टीबीच एकता भएको थियो।
अध्यक्ष रवीन्द्र मिश्रले बिहीबार ‘मार्ग परिवर्तन’ दस्तावेज पारित गरेसँगै संयोजक मिलन पाण्डे र उनका पक्षधर नेता असन्तुष्ट देखिएका छन ।
अध्यक्ष मिश्र पक्षले केन्द्रीय समिति बैठक राखेर ‘मार्ग परिवर्तन र विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेका छन्।
विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज “मार्ग परिवर्तन विचारभन्दा माथि देश लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई(तिहाइ भन्दा बढी मतले पारित गरेको छ।
स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।
त्यसैगरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ।
पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।
दस्ताबेज सर्वसम्मतिबाट अनुमोदन भए संगै संयोजक रविन्द्र मिश्र पार्टीमा थप बलियो देखिएका छन ।
यो लिंक खोलेर पढ्नुहोस्