काठमाण्डौं ,कार्तिक ११
पछिल्लो समय एक पछि अर्को गर्दै दलित माथी कुटपिट र विभेदका घटनाहरु बढ्न थालेको छ , भिम वि.क को हत्याको घटना सेलाउन नपाउदै फेरि कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारमाथी बोक्सी आरोपमा कुटपिट भएको छ ।
बोक्सी आरोप लाउदै कुटपिट गरेको आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् ।
बोक्सी आरोपमा यादवले कुटपिट गरेको आरोप सहितको उजुरी आएपछि यादवलाइ प्रकाउ गरिएको हो ।
पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।