काठमाण्डौं, कार्तिक ११
भारतबाट नेपालतर्फ आउँदै गरेको को एक युवालाई स्रोत नखुलेको ८ लाख २० हजार नगद नेपाली रुपैयाँ सहित प्रहरीले युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का ३४ वर्षीय उमेश साह रहेका छन् ।
साहलाई बिराटनगर महानगरपालिका वडा नं. १८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २९ प ८६४० नं. को स्कुटर चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी)एवं प्रवक्ता दीपक श्रेष्ठले बताए ।