आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, कुवेती दिनार सहित कतिपय मुद्राको मूल्य भने बढेको छ।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३८ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


















