गायक सुमन परियारलाई पुत्रलाभ, सामाजिक सञ्जालमार्फत सुनाए खुशीको खबर

केपि कुमार जलन/ जेठ ३१

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक सुमन परियारलाई पुत्रलाभ भएको छ। शनिबार बिहान श्रीमतीले स्वस्थ छोरा जन्माएपछि परिवारमा खुशी र उत्साह छाएको छ।

पुत्र जन्मिएको खुसी साट्दै सुमन परियारले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेखेका छन्। उनले लेखेका छन्, “यो सुन्दर संसारमा स्वागत छ छोरो, तिमीलाई। शनिबार बिहानै, छुट्टीको दिन यो धर्तीमा जन्मियौ। पक्कै पनि तिम्रो आगमन केही विशेष छ। श्रीमतीज्यूलाई बधाई, आफ्नो ज्यान बाजी राखेर आमा बन्न सफल भएकोमा।”

उनको यो सन्देशपछि शुभेच्छुक, आफन्त तथा सांगीतिक क्षेत्रका कलाकारहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालमा पनि सुमन र उनको परिवारप्रति शुभकामनाको ओइरो लागेको छ।

लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक सुमन परियारको परिवारमा नयाँ सदस्यको आगमनसँगै खुशी थपिएको छ। नवजात शिशुको सुस्वास्थ्य, उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको सुख–समृद्धिका लागि शुभकामना व्यक्त गरिएको छ।