काठमाण्डौं,कार्तिक १२
राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा भोली शनिबारका दिन नपालको एकमात्रै शिकार आराक्ष ढोरपाटन जाने भएकी छन् ।
राष्ट्रपति भ्रमणमा आउने भए संगै उक्त क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । राष्ट्रपतिको भ्रमणलाई लाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी छ। “अवलोकन र भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ,” प्रजिअ कार्कीले भने । राष्ट्रपतिको भ्रमण तालिकाबारे भने विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ ।
राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।
सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्गकिमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ ।
पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।