प्रधानमन्त्रीको उपस्थित नहुन्जेल गृहमन्त्री बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री

काठमाडौं कार्तिक १२
प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली आज बेलायत प्रस्थान गर्ने भएका छन् । ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप) २६० पक्षहरूको २६औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा बेलायत जाने भएसंगै उहाँको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँण उनको कार्यवहाकको भूमिकामा रहने भएका छन ।

वर्तमान सरकारमा उपप्रधानमन्त्री नभएपछि मन्त्री खाणँले उक्त जिम्मेवारी सम्हालेका हुन । मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा छन् । बालुवाटार स्रोतका अनुसार खाँणले कार्यवाहक पाएका हुन् ।

“वरीयतामा जो दोस्रो छ, उसैले नेतृत्व गर्छ,” त्यसैले प्रधानमन्त्रीको उपस्थित नहुन्जेल गृहमन्त्री बालकृष्ण खाँणल नै कार्यवाहक सम्हाल्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारि दिनुभयो ।