कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले मंगलबार बजेट पारित भएपछि सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
सभामुख भण्डारीले थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्ट रहँदै आएका थिए । बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।


















