काठमाडौंका पाँच स्थानमा सरकारले ग्यास बिक्री गर्ने

काठमाडौंमा खाना पकाउने ग्यासको अभाव भएपछि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिन शनिबार पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलस्थित तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गरिनेछ।

ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। निगमका अनुसार बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास खरिद गर्न सकिनेछ।