काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी कांग्रेस एकढिक्का हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
शुक्रबारदेखि सुरु भएको कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको भए पनि सबै पक्षलाई मिलाएर अघि बढ्नुपर्ने बताए। उनले देशको हितका लागि कांग्रेस एकताबद्ध हुनु आवश्यक रहेको धारणा राखेका छन् ।
कोइरालाले नेपाली कांग्रेसले इतिहासदेखि नै सबैलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै कसैको निरंकुशता स्वीकार नगर्ने स्पष्ट पारे। उनले पार्टीभित्र आपसी समझदारी र एकताबाट वर्तमान समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नु भएकाे छ ।


















