कमला गैरेकाे म पनि जान्छु कैलाशमा भजन संग्रह सार्वजानिक केपि कुमार जलन

केपि कुमार जलन

भक्तिमय सांगीतिक यात्रा
नेपाली समाजमा भजन केवल गीत मात्र नभई आस्था, श्रद्धा, आध्यात्मिक चेतना र सकारात्मक सन्देश फैलाउने माध्यमका रूपमा लिइन्छ। यही महत्वलाई आत्मसात् गर्दै गायिकाले पहिलो पटक भजन गायनमा आफ्नो स्वर प्रस्तुत गरेकी छन्।

राम्जी पौडेल र कमला गैरेको लय तथा शब्द रहेको उक्त भक्तिमय भजनलाई तारानाथ आचार्यले संगीत संयोजन गरेका छन् भने अडियो तथा भिडियो निर्माण डिजिटल स्टार पोखराले गरेको छ।
भजन सार्वजनिक गर्दै गायिकाले यो आफ्नो पहिलो भजन गायनको प्रयास भएकाले सम्पूर्ण दर्शक तथा श्रोताबाट माया, सुझाव र रचनात्मक प्रतिक्रिया अपेक्षा गरेको बताएकी छन्। उनले भजन मन परेमा लाइक, कमेन्ट र सेयर गरेर हौसला प्रदान गरिदिन पनि आग्रह गरेकी छन्।

हिन्दू धार्मिक परम्परामा भजनले ईश्वरप्रतिको भक्ति, नैतिक मूल्य, आत्मिक शान्ति र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने विश्वास रहिआएको छ। पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढिरहेका बेला यस्ता भक्तिमय सिर्जनाले नेपाली कला, संस्कृति र आध्यात्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भजन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति गायिकाले हार्दिक आभार व्यक्त गरेकी छन्।