काठमाण्डौं ,कार्तिक १४
सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८ सयभन्दा बढी कर्मचारी एकैपटक माग गरेको छ । लोकसेवा आयोगमार्फत वरिष्ठ प्रवन्धक २ जना, प्रवन्धक ६ जना र उपप्रवन्धक १९ जना माग गरिएको छ । तीबाहेक विभिन्न प्रदेश अन्तर्गतका कार्यलयका लागि सहायक प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरिएको छ ।
इच्छुक आवेदकले अनलाइनमार्फत फारम भर्नुपर्नेछ । मंसिर ५ गतेसम्म आवेदन भर्ने मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन भर्न सकिने छ । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ, इसेवा, खल्ती वा नमस्ते पेमार्फत रकम भुक्तानी गर्न सकिनेछ ।
परीक्षा दस्तुर ५ सयदेखि ७ सयसम्म तोकिएको छ । थप समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशीमा १ सयदेखि २ सय रुपैयाँ थप लाग्ने बैंकले जनाएको छ ।