८५ वर्षका बुवा मनलाल सुन्चौरी ले देखेको अभाव

काठमाण्डौं, कार्तिक १५ : मानव जिवनमा सबै भन्दा महत्व मानिने शिक्षा, स्वास्थ्य र आवास जस्ता कुरा ग्रामीण भेगमा बसोबास गर्ने मान्छेको निमित्त अझैपनि सहज हुन सकेको छैन, गाँउ गाउँमा सिहदरबारका नारा जतिनै बजाएपनी भौगोलीक रुपमा पिछडिएका गाँउबस्तिमा समस्या अझै जस्ता को त्यस्तै देखिन्छन् । बर्षेनी सिटामोल सम्म खान नपाएर ज्यान गुमाउन परेका नेपाली नागरिकका समचार आउन अझै २० को १९ भएको छैन अर्थात त्यो क्रम उस्तै जिवित छ ।

यस्तै प्राकृतिक रुपमा असाध्यै रमणीय ठाँउ भएनी भौगोलीक रुपमा केहि पिछडिएको ठाँउ हो पश्चिम बागलुङको तमानखोला गा.पा.५ थास्पुरीँ, एउटा यस्तो समय थियो कि यस गाउँका मान्छे एउटा सिटामोल खानकै लागी पनी १ दिनको पैदल यात्रा गरेर स्वास्थ्यचौकी सम्म पुग्नु पथ्र्यो , पूल, बाटो, केहिको सहजता थिएन , मान्छेहरु घर छेउमा मोटरबाटो आउला भनेर कहिल्यै चिताएनन् तर अहिले गाँउमा सुविधा नै सुविधा भएको तिनै ८५ वर्षको बुवा मनलाल सुन्चौरीको आखाले देख्दछ ।

प्रसंग हो उनै ८५ वर्षका बुवा मनलाल सुन्चौरीको ,उहाँ उमेरले अहिले ८५ वर्षको हुनुभयो, उमेरमा जस्तै सबै काम गर्छु भन्ने जागर चलेनी हात गोडा चल्दैनन् पहिलेझै टाढा टाढाको बाटो घण्टौ लाएर हिड्न सक्नुहुन्न, मनलाल बुवा आफ्नो उमेरको डौतरी सम्झनुहुन्छ आफु हुर्केको गाँउघर हेर्नुृहुन्छ घरमा बस्दा बस्दा बिरत्तै लाग्यो भने उठेर आफ्ना नाती नतिना पढ्ने स्कुलमा जानुहुन्छ , घर छेउको स्वाथ्य परार्मश केन्द्र जानुहुन्छ ।

एक दिन घरछेउको स्वाथ्य परामर्श केन्द्रमा उहाँ ब्लड प्रेसर जाच गर्न जानुभयो संयोग त्यहि दिन बालबालीकालाई पोलीयोथोपा खुवाउने दिन थियो बच्चाहरुको घुइचो थियो स्वाथ्थकर्मीको ब्यस्तता उस्तै चापाचाप , त्यो बेला बुवाको नजर पानी खाईरहेका बालबालीको भिडमा पर्यो, पानी पिउन बुवालाई समेत मन लागेको थियो तर एउटा मात्रै पानी पिउने जगमा बच्चाहरुले तछाडमछाड गर्दै पानी पिएको दृश्यले बुवालाई छोयो।

बुवाले हामी संगको कुराकानीमा सुनाउनुभयो मैले अर्को जग छैन भनेर स्वाथ्थकर्मीलाई सोधे अर्को जग हुनु त के त्यहि जग पनी स्वास्थ्यकर्मी नानीले आफ्नै घरबाट लिएकी रहेछिन् ,उन्ले त्यहि भाडा पखालेर सबैलाई पालैपालो पानी पिउन आग्रह गरिन मलाई त्यो कुराले चसक्क मन पोल्यो ।
म प्राय स्वास्थ्थचौकी गईरहन्छु , नजानेको कुरा सोध्छु स्वास्थ्य संस्थामा खासै भौतिक सामाग्री र पर्याप्त औषधि छैन तैपनि आफ्नो घरछेउ सम्मै सरकार आएको चाहि मलाई आभाष हुन्छ ।

बुवाले भनेझै स्वाथ्यसंस्थामा अझैपनी अत्यावश्यक सामाग्री समेत अभाव रहेको कुरा स्वास्थ्य संस्थाका प्रमुख मधु श्रीपाली बताउनुहुन्छ , बिरामी चेक गर्ने कुनै औजार छैन, सामान्य प्रकृतिका बाहेका औषधी छैनन् भौतिक संरचना उस्तै कमजोर छ यसरि अभावै अभावको विचमा जनतालाई सुविधा दिन निकै असहज भएको स्वास्थ्यकर्मी श्रीपालीको भनाई छ ।

स्वास्थ्य संस्था बाट फर्किएको दिन देखि बुवाको सम्झनामा पानी पिउन समेत अप्राप्त रहको त्यो दृश्य बसिह्यो, त्यस्को केहि दिनमा उहाँले १२ हजार बृद्धाभक्ता पाउनुभयो , पैसा पाउनु अगाडि नै उहाँको दिमागले पानी जम्मा गर्ने जग र पिउने कपको लागी हिसाब बाडिसकेको थियो, पैसा पाए लगत्तै उहाँले आफ्नो छोरालाई बुर्तिबाङ बाट उक्त सामान ल्याईदिन आग्रह गर्नुभयो ।

सामान आयो बुवा हौसिदै एक हातमा जग र अर्को हातमा कप बोकेर स्वास्थ्य संस्था पुग्नुभयो, सामान गह्रण गर्दे बुवाले देखाएको सहयोग र सद्रभावले नतमस्तक बनाएको बताउदै स्वास्थ्यकर्मी मधु श्रीपालीले उहाँलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
सन्दर्भटुडे संग कुराकानी गर्दै बुवा मनलाल सुन्चौरीले अभाव देखेर सरकारको मुख मात्रै ताकेर नबस्न आग्रह गर्दै सबैले सकरात्मक सोचे बिकासले अझै चाडो फड्को मार्ने बताउनुभएको छ । मैले दिएको सामान ठुलो र धेरै धनरासीको होइन तर मैले सुरु गरेको सहयोगी संस्कार भने ठुलो हुन सक्छ यहि नजिर राख्न आफुले सहयोग गरेको बताउनुभएको छ।
स्वास्थ्य संस्था जिउदो  भगवान् हरुको मन्दिर भएको भन्दै सबैलाई बुवाले जस्तै सहयोगी मन राखेर हातेमालो गर्न मधुले आग्रह गर्नुभएको छ ।