घुस दिन खोज्ने चालकहरुलाई कानुनी दायरामा ल्याएका ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ , कार्तिक १५ : काठमाडौं ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याएका ३३ जना ट्राफिक प्रहरी सम्मानित भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई मंगलबार एक कार्यक्रमका बीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको हुन ।

सम्मानित हुनेहरु मध्येमा २० जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ।

कसैको प्रलोभनमा नपरि प्रलोभनमा पार्न खोज्ने ब्यक्तिलाई काुनी डायरीम ल्याउने निडर ट्राफिक लाई यसरि सम्मान गर्नाले अन्य ट्राफिक प्रहरी , कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ।

एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्‍याउन बफादार एवं निष्ठाबाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए।

त्यस्ता खराव प्रबृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत बताए।

नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक रामकृष्ण देवकोटा, प्रहरी नायव निरीक्षक पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरीक्षकहरू रामेश्वर उप्रेती, अमर बहादुर लुहारकमलदेव यादव, प्रहरी हवल्दारहरू प्रविण कान्त झा, अशोक कुमार दवल, मुकेश प्रसाद कुसवाह, एक्क बहादुर रोकाया गोबिन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव

साथै प्रहरी जवानहरु रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारीलाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ।