काठमाण्डौं,कार्तिक १५
हिन्दु नेपालीको दोस्रो महान पर्वको रुपमा परिचित तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीर आसपासका शहरहरुमा यतिबेला तिहारको लागी किनमेल गर्नेको घुइचो बढेको देख्न सकिन्छ ।
राजधानीको असन, इन्द्रचोक लगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ । जसअनुसार मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ ।
तर काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ भने भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
दशैमा शहरी क्षेत्र प्राय सुनसान रहने भएतापनी तिहारमा भने अधिंकाश मान्छे शहरमै रहने र शहरलाइ दियोको प्रकाशले झकिझकाउ पारि सजाउने भएकोले थप आर्कषक देखिने गर्दछ ।
देउसि भैलो, आफन्त भेट्घाट खुशी साटफेर नै तिहारको सवलपक्ष रहको काठमाण्डौं बासिको भनाई छ, अन्य समयको भन्दा तिहारमा बेचबिखन गर्न समेत रमाइलो हुने व्ययसायीको भनाई छ ।