काठमाण्डौं, कार्तिक १६ फोटो साभार सामाजीक संजाल
तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर चोक , गोंगबु चोक , बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो।
मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन गरिने छ ।
यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ। आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। भेरोसिल र एस्ट्राजेनेका खोप निशुल्क लगाइने मन्त्रालयले जनाएको छ।
चार्डपर्वको समयमा भिडभाड बढ्ने र भिडभाडमा कोरोना बढ्ने कुरालाई मध्यनजर गर्दै कोरोना बिरुद्धको खोप सरकारे चोक चोकमै बसेर वितरण गर्न लागेको मन्त्रालयको भनाई छ । कुनै समय घण्टौको लाईन बसेर समेत नपाईएको खोप अहिले भने सरकारले सहजै उपलब्ध बनाएको हो ।