अमेरिकी डलरको विनिमय दर स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही देशका मुद्राहरूको भाउमा सामान्य उतारचढाव आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलरको खरिदबिक्री दर स्थिर छ। शुक्रबार कायम खरिद दर १५० रुपैयाँ ७४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३४ पैसाबाट यसमा कुनै घटबढ भएको छैन। सुनको भाउ भने तुलनात्मक रुपमा बलियो भएको छ। अन्तर्राष्ट्रिय बजारमा शनिबार सुन प्रति औंस ४०७१.९५ डलर भएको छ। २४ घण्टामा प्रति औंस ३९.४८ डलरले बलियो भएको हो।
युरोपियन युरो १ को खरिद दर १७१ रुपैयाँ ९६ पैसा र बिक्री दर १७२ रुपैयाँ ६४ पैसा कायम भएको छ। शुक्रबार खरिद दर १७१ रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९२ पैसा थियो।
पाउन्ड स्टर्लिङको भाउ पनि बढेको छ। शनिबार पाउन्डको खरिद दर १९९ रुपैयाँ २८ पैसा र बिक्री दर २०० रुपैयाँ ७ पैसा भएको छ। शुक्रबार यसको खरिद दर १९८ रुपैयाँ ७० पैसा र बिक्री दर १९९ रुपैयाँ ४९ पैसा थियो।
स्विस फ्रयांकको खरिद दर १८६ रुपैयाँ ५२ पैसा र बिक्री दर १८७ रुपैयाँ २७ पैसा भएको छ। शुक्रबार यसको खरिद दर १८५ रुपैयाँ ७१ पैसा र बिक्री दर १८६ रुपैयाँ ४५ पैसा थियो।
यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर १०४ रुपैयाँ ३ पैसा र बिक्री दर १०४ रुपैयाँ ४४ पैसा कायम भएको छ। शुक्रबार खरिद दर १०३ रुपैयाँ ९९ पैसा र बिक्री दर १०४ रुपैयाँ ४० पैसा थियो। क्यानेडियन डलर १ को खरिद दर पनि शुक्रबारको १०५ रुपैयाँ ९० पैसा र बिक्री दर १०६ रुपैयाँ ३२ पैसाबाट बढेर शनिबार खरिद दर १०६ रुपैयाँ २६ पैसा र बिक्री दर १०६ रुपैयाँ ६९ पैसा पुगेको छ।
सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, थाई भाटको खरिददर ४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४ रुपैयाँ ५४ पैसा, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गिटको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा तथा दक्षिण कोरियाली वन (१००) को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तै, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५ रुपैयाँ ६१ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा, हङकङ डलरको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा तोकिएको छ।
बैंकका अनुसार कुवेती दिनारको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा तथा ओमानी रियालको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा कायम गरिएको छ।


















