केपि कुमार जलन
नेपाली लोकसंगीतमा नयाँ कोसेलीका रूपमा ‘पिर दियौ’ बोलको गीत सार्वजनिक भएको छ। अजय आरएनको प्रस्तुति रहेको यस गीतमा अजय आरएन र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतमा भुवन बि.के को शब्द, अजय आरएनको संगीत तथा भुवन बि.के.कै संगीत संयोजन रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन्।
गीतको म्युजिक भिडियो मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो। भिडियोमा नारायणी खत्री, गोविन्द पहाडी लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ। प्रेम, पीडा र भावनात्मक कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोले दर्शकको मन छुने विश्वास गरिएको छ।
शब्द सङीत Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पिर दियौ’ गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।


















