कपिलवस्तुको पोखरीमा बुवालाई हत्या गरेर फाल्ने झड्केलो छोरा र भदा जना पक्राउ

काठमाण्डौ, कार्तिक १७: कपिलवस्तुको विजयनगर गाउँपालिका–५ बनगाईस्थित पोखरीमा फेला परेको शव हत्या गरेर फालेको पुष्टि भएको छ । कार्तिक ४ मा ४२ वर्षीय चन्द्रबहादुर थापा ‘९गोरे० को शव उक्त पोखरीमा भेटिएको थियो । चन्द्रबहादुर शिवराज नगरपालिका–९ भगवानपुरका स्थानीय हुन् ।

चन्द्रबहादुर लाई झड्केलो छोरा र ‘भदा’ नाता पर्ने जेठानको छोरा मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारि दिनुभएको छ । हत्या आरोपमा चन्द्रबहादुरका झड्केलो छोरा जयन पुनमगर (अशोक) र जेठानको छोरा मुकेश महरा (किरण) लाई प्रहरीले पक्राउ गरेको छ । मुकेश शिवराज नगरपालिका–९ स्थित भगवानपुरका स्थानिय हुन् ।

सानो छँदा आफुलाई हेपेको र आमालाई घरमा बस्न नदिएको ‘रिसिइबी’ साँधेर जयनले मुकेश महरासँग मिलेर हत्या गर्ने योजना बनाएका थिए । मादक पदार्थ सेवन गरेर बुवा चन्द्रबहादुरलाई मुकेशको स्कुटरमा राखेर बनगाईस्थित पोखरी नजिकै लगेर उनीहरुले कुटपिट तथा घाँटी कसेर हत्या गरेका थिए । हत्यापछि मृतकलाई पोखरीमा फालेर आरोपीहरु फरार भएको डिएसपी भण्डारीले बताए ।

हत्याअघि मुकेशको मोवाइल हराएको थियो । सो मोबाइल चन्द्रबहादुरले चोरेको आशंकामा मुकेशले जयनलाई झड्केलो बुवाको हत्यामा सहयोग गरेका थिए । घटनामा प्रयोग भएको लु।४६ प ४१८९ नम्बरको स्कुटर र घाँटी कस्न प्रयोग गरिएको कपडा प्रहरीले बरामद गरेको छ ।

आरोपी २६ वर्षीय पुनमगर र २४ वर्षीय महराबारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।