एनआईसी एशिया बैंकका ग्राहकले कार्डबिनै रकम झिक्न सक्ने

काठमाण्डौ,कार्तिक १८ :

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सक्ने सुविधा सुचारु गरेको छ ।

बैंकले कार्डलेस विदड्रल सेवा दिन थालेको हो । बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जानकारी दिएको छ ।

यो सुविधा प्रयोग गर्न एनआईसी बैंकको मोबाइल एप प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विदड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्ज्याक्सन पिन वा फिङ्गरप्रिन्ट राखेर प्रमाणीकरण गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा प्राप्त गर्नेछन् ।

आफूलाई प्राप्त सोही ओटीपी एटीएमको स्क्रीनमा रहेको कार्डलेस ट्रान्सज्याक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विदड्रल आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।