कार्तिक, २६ काठमाडौं : वकिलहरुको अवरोधलाई छिचोल्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् ।
शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो ।
नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी वैकल्पिक बाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।
११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै दैनिक पेशी सूची तयार पारेका छन् ।
करिब ११ बज्नै लाग्दा उनी अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोल्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत छिरेका हुन् ।