कार्तिक, २६ काठमाण्डौं : नेपाली बजारमा सुनका मूल्यमा घटबढको पक्रिया दिनानुदिन फेरबदल भएको छ ।
गत बिहीबार मात्रै तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य ९ (आज) शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो । भने
तेजाबी सुनको मूल्य पनि शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ ।