कार्तिक, २६ काठमाण्डौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवनदी केन्द्र बाट छुट्टिएर विभिन्न पार्टी निर्माण गरेका डा.बाबुराम भट्टराई, मोहन वैद्य र नेक्रविक्रम चन्द पनि छिट्टै आफ्नो पार्टीमा आउने बताएका छन्।
शुक्रबार ए कार्यक्रममा चन्द समूहका कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै अध्यक्ष दाहालले तीनै जनासँग कुराकानी चलिरहेको बताएका हुन ।
“किरणजीहरू, बाबुरामजीहरू, विप्लवजीहरू संग नियमित कुराकानी चलिरहेको छ,” दाहालले भने, “छिट्टै हात मिलाउने, अंकमाल गर्ने दिनको प्रतिक्षामा छु।”
मुद्धा एउटै बोकेर हर्का अर्का बाटोमा एक्लाएक्लै हिड्दा सफल नभइने दाहालको भनाइ थियो। केही दिन यताउता गएका नेता तथा कार्यकर्ता फेरि एकजुट हुने उनको विश्वास थियो।
“बिहान अभिभावकसँग केही कुरामा विवाद भएर छोराछोरी घरबाट हिडेपछि दिनभर आमाबुवालाई चिन्ता हुन्छ।
छिट्टै फर्केर आओस भन्ने दिनभरी लागीराखेको हुन्छ,” माओवादीमा फर्किएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै दाहालले भने, “बेलुका टुप्लुक्क आइपुग्यो भने आमाबालाई सबभन्दा बढी खुशी हुन्छ। तपाईहरू घरमा आउनु भएको छ, म खुशी छु।”
संघीय गणतन्त्रतलाई संस्थागत गर्न र आन्दोलनका उपलब्धिलाई जोगाउन सबै मिलेर जानुपर्ने उनको भनाइ थियो।