सर्वोच्च परिसरमा सुरक्षा ब्यबस्था थप कडाई, आन्दोलन चर्काउदै लैजाने कानुन ब्यवसायीको घोषणा

काठमाडौं,कार्तिक २८ :  सर्वोच्च अदालतमा आज पनि वकिलहरुले धर्नालाई जारी राखेका छन् ।

गत शुक्रबारबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च प्रवेशमा रोक लगाइरहेका वकिलहरुले आज पनि आन्दोलनको तयारी गरेका छन् ।

नेपाल बार एसोसियसनको अगुवाइमा भइरहेको आन्दोलनमा वकिलसहित अन्य कानुन व्यवसायीहरु पनि सहभागी रहेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरिरहेका छन् ।

गत शुक्रबार बाट धर्नामा बसेका कानुन ब्यबसायीहरुले आन्दोलन झनै शसक्त बनाएर लैजाने बताएका हुन ,नेवाद वारको परिषदमा आन्दोलनले चर्को रुप लिन थाले संगै प्रहरीले सर्वोच्चको मुल गेटमा बाटो छेक्न आउने कानुन व्यवसायीहरुलाई रोक्ने तयारी गरेको छ ।

सो क्रममा यतिबेला सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको छ ।
त्यस्तै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको बारले आज भने आफ्नै प्राङ्गणमा कोणसभा गरिरहेको छ ।

यता प्रधानन्यायाधीश राणाको समर्थनमा प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।