काठमाडौँ, कार्तिक २९ : ”मेरो गणना मेरो सहभागीता” भन्ने मूल नारा सहित १२औ जनगणना गत शुक्रबार बाट संचालन भएको छ , १५ दिन सम्म देशब्यापी रुपमा सञ्चालन हुने जनगणना संकलनको निमिक्त देभभरको प्रत्येक वडामा ४० हजार गणकहरु खटाइको छ ।
जनगणना संकलन गर्न लागेको तीन चार दिन नहुदै गणकहरुले मनोमानी रुपमा जनगणना संकलन गर्ने गरेको ब्यापक गुनासो बाहिरिएका छन ।
यहीँ बिचमा लमजुङ्गमा धर्मको महलमा बौद्ध लेख्नेमा गणक स्वयम्ले बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेखेको आरोपमा गणक विना थापालाई पक्राउ गरिएको छ । उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्याएका हुन।
यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।