मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

कार्तिक २९ काठमाडौं  : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल(आरसी) ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।

प्रवक्ता सिग्देलका अनुरसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने छ ।

बैठकले मङ्सिर ६ गते हुने क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि मङ्सिर ३ गते हुने १९ क. को मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस र १९ख.को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २९क०को पोखरा विरौटा र २९ख. को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ । क्षेत्र नं ३ को अधिवेशनका मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ ।

३ ९क. को लागि हेमजास्थित पार्टी कार्यालय र ३९ख०को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ ।
मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने पार्टीले जनाएको छ