लामाको भेषमा बालबालिका तस्करी गर्ने प्रकाउ

काठमाडौं, मंसिर ३: मुस्ताङको थासाङ गाउँपालिका–५ कुञ्जी र आसपासका १४ जना दलित बालबालिकालाई लामा पढाइदिने आश्वासन देखाउदै भदौ २९ मा भारत लैजान लागिएको थियो । त्यही क्रममा प्रहरीले पूर्वी नाकाबाट उद्धार गरी उनीहरूलाई घर फर्काएको छ ।

गिरोहले पढाउने बहानामा विपन्नका छोराछोरी भारत पुर्‍याउने र घरेलु श्रम, यौनजन्य गतिविधिमा लगाउने लामाको भेषमा तस्करी गरि लैजानै गरेको खुल्न आएको हो ।

लामाको भेषमा भारततिर लगिँदै गरिएका ८ बालबालिकालाई पनि प्रहरीले मंगलबार नाकाबाटै रोकेर घर पठाएको छ । प्रहरीले काठमाडौं र सिन्धुलीका ३ र३ जना र सर्लाहीका दुई बालकलाई फर्काएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले लामा पढाइदिने बहानामा बालबालिकालाई भारत लैजान लागिएको र उनीहरू गम्भीर जोखिममा रहेको पाइएकाले घर फर्काइएको जनाए ।

‘लामाको कपडा लगाएका उनीहरू ९ देखि १५ वर्षसम्मका थिए,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले भने, ‘लामा पढाउने बहानामा गैरकानुनी रूपमा बालबालिका नाका कटाउन लागिएको थियो ।’

प्रहरीले बालबालिकालाई भारत लैजान खोज्ने सर्लाही हरिवन नगरपालिका–२ की ५० वर्षीया रेखीमाया मोक्तानसहित बालबालिकालाई सम्बन्धित जिल्ला फर्काएको छ । रेखीमायालाई अनुसन्धान गरी कारबाही गर्नसमेत सिफारिस गरिएको छ ।

‘लामा पढाइदिने भन्ने बहानामा बालबालिकालाई गैरकानुनी रूपमा भारत लैजाने गिरोह सक्रिय बनेको देखिएको छ,’ डीएसपी दाहालले भने ।

प्रहरीका अनुसार कोरोनाको महामारीपछि विभिन्न बहानामा बालबालिकाको तस्करी फस्टाएको देखिन्छ । गिरोहले पढाउने बहानामा विपन्नका छोराछोरी भारत पुर्‍याउने र घरेलु श्रम, यौनजन्य गतिविधि आदि काममा लगाउने गरेको पाइएको छ ।