काठमाडौं,मंसिर ३ : नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गरेका छन ।
माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ। निर्वाचनका लागि प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाइने बताइएको छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ ।
माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णु पुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन्। ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ ।
प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख गरिएको छ । माओवादी केन्द्रले पुष ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्दैछ।