ईनारमा डुबेर कपिलवस्तुमा दुई जनाको मृत्यु

काठमाडौं, मंसिर ५: कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् भने विजय नगरमा एक बालिकाको पानीको ईनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाराजगन्ज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

महाराजगन्ज नगरपालिका–७ माझीहवा घाटमा मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै विजयनगर गाउँपालिका–२ उठवास्थित मामाघरमा आएकी भारत सिद्धार्थनगर बढनी बर्गदवा घर भएका दिनेश तेलीकी छोरी २ वर्षीया आन्सिका तेलीको सार्वजनिक इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी दुवै घटना बारे अनुसन्धान भैरहेको जनाएको छ ।