नेपाल हस्तकला महासंघको १८औं ब्यापार मेला सम्पन्न,५ करोडको ब्यापार

  1. काठमाडौं, मसिर ७ : नेपाली कला सीपको संरक्षण प्रवद्धन नै नेपालको स्थायित्व विकासको मेरुदण्ड हो भन्ने मुल नारा संगै नेपाल हस्तकला  महासंघको १८औं ब्यापार मेला सम्पन्न भएको छ । तीन दिन सम्म संचालीत यस प्रदशनी मेलाको प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितीमा समुद्घाटन भएको थियो ।

परापुर्वक काल देखिनै नेपाल हस्तकलामा ठुलो योगदान रहेको इतिहास जिवित छ। आज पनि नेपाली समाज हस्तकला बाट जिबिको पार्जन गरिरहेको छन, त्यसैले हस्तकलाको संरक्षण, प्रवद्धन र बैज्ञानिक तवरले अघि बढाउन आवश्यक छ । र यसको वैज्ञानीकिकरणमा सरकार ध्यान जान जरुरत छ।

कालीगढहरुले उत्पादन गरेका सामान बिचौलीया बाट होईन कि सिधै उपभोक्ता संग जोड्ने उद्देश्यका साथ संचाालन गरेको यस ब्यापार मेलामा करिव १ लाख मानिसले अवलोकन गरेका छन ।

जसमध्ये पहिलो दिन २३ अजार दोस्रो दिन ५५ हजार भन्दा बढि मान्छेले उक्त मेलामा सहभागी बनेर सामान अवलोकन गरेका थिए । तीन दिन सम्म संचालन भएको मेलामा ५ करोड भन्दा माथीको ब्यापार भएको नेपाल हस्तकला  महासंघले जनाएको छ ।

मुख्यमन्त्रीको उपस्थितीमा समापन गरिएको उक्त ब्यापार मेलाको केही तस्विर सहित ।
फोटो : हरि सेन्चुरी वि.क.

(फोटो फिचर )