गणपति लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

मंसिर ७, काठमाडौं

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्तावलाई आगामी साधारण सभाबाट पारित गर्ने गरी वितरण गर्न राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

उक्त लाभांश अव शेयरधनीले आगामी साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।