महासचिव नपाएपछि उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा

काठमाडौं मंसिर ९ :  नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।

बिहीबार महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका बादलले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका हुन्।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने दाबी समेत गरे ।

शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू हुन लागेको महाधिवेशनमा नेता पाण्डेले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भइसकेको छ। एमाले अध्यक्ष ओली आजै चितवन आउने कार्यक्रम रहेको स्रोतको भनाई छ , अध्यक्ष शर्मालाई भब्य स्वागतको तयारी रहको पार्टी स्रोतले बताएको छ ।