मंसिर १२ काठमाडौं, बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि सभापतिका लागि पुनः निर्वाचन हुने भएको हो , सभापतिका लागि जगदीश चन्द्र उपाध्याय, दोर्णकुमार कुँवर र जितबहादुर शेरचनको उम्मेदवारी परेको थियो ।
उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए । सबैभन्दा कम मत ल्याउनु भएका कुँवरले शेरचनलाई सहयोग गर्ने बताउनु भएको छ । शेरचन उपाध्यायको मतान्तर १०४ छ ।
शनिबार भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
बागलुङमा कुल १७८० मतदाता रहेका छन् । कुँवरले शेरचनलाई सहयोग गरेपछि यस पटकको नेतृत्व पश्चिम बागलुङले पाउन सक्ने संभावना बढेको छ । एउटै क्षेत्रबाट दुबै नेता सभापतिमा उम्मेदवारि दिए पछि उनीहरुको भोट बाडिएको थियो, अब कुवँरले शेरचनलाई सहयोग गर्ने भएपछि शेरचनको सम्भावना बढेर गएको हो ।
कुँवरले एक भिडियो मार्फत भनेका छन जिल्ला नेताले पश्चिम बागलुङका नेता लाई लडाउन खोजेको जिकिर गर्दै जित शेरचनलाई अत्याधिक मतले विजय गराउन अनुरोध गरेका छन ।
यो भन्दा अगाडिका दुई दुई वटा चुनावमा शेरचन लाई कुवँरले सहयोग गर्दै आएको हुदाँ यो पटक कुवँरलाई जीतले सहयोग गर्नुपथ्र्यो भन्ने विषय लिएर सामाजीक संजालमा विभिन्न टिकाटिप्पणी भैरहेको बेला कुवँरले शेरचनको निमिक्त आफुले उमेदवारि फिर्ता लिनु नै प्रशंसा गर्न लायक भन्दै कुवँरको चौतर्फी तारिफ भएको छ ।
नेता कुवँरले भने पार्टीको मूल्य र मान्यता लाई आत्मसात गर्दै शेर्चनलाई बिजयी गराउन आफु तत्पर रहेको बताएका छन