एमाले महाधिवेशन मतगणना सुरु, केहीँ घण्टाभित्र परिणाम आउने

काठमाडौं, मंसिर १४: नेकपा( एमाले) को १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

आजै सम्पन्न भएको मतदानमा कुल २ हजार १५३ मतदातामध्ये २ हजार ९६ जनाले मत दिएका थिए ।

यो पटक विद्युतीय मेसिनबाट मतदान गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

हाल सम्म कस्ले बाजी मार्छ भन्ने पक्कापक्की नभएतापनी अधिकाशं कायकर्ताले केपी ओलीले जित्ने सम्भावना बढेको बताएका छन् ।

भने मत परिणाम जस्तो सुकै आएपनि आफु स्विकार्न तयार रहेको भिम रावलको भनाई छ ।