निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेर राणाको घोषणा

काठमाडौं,मंसिर १४ः राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन

प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका हुन् ।

उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताए ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिंदेनले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लिंदेनलाई सघाउने निर्णय लिएका छन् ।

राणाले भने कतै नखुली नेतृत्वको दौडमा आफू नरहेको र सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा जोडबल गर्ने बताएका हुन् ।