साताको पहिलो कारोबार दिन सुनको मूल्य वद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तजावी सुनको मूल्य भने ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि बढोत्तरी देखिको छ । आज प्रतिताला १० रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन अर्थात शुक्रबार चाँदी ११ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।