काठमाडौं मंसिर १८, निवर्तमान राजदुत पदम सुन्दासले बहराईनमा आफ्नो ४ वर्षे कार्याकाल सकाएर आए पश्चात आज पहिलो पटक एक कार्यक्रममा आफ्नो भोगाई र अनुभव सुनाए।
जन उत्थान प्रतिष्ठान नेपालले ललितपुरमा आयोजना गरेको निवर्तमान राजदुत पदम सुन्दास संग अन्तर क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दासले आफ्नो ४ वर्षे बहराईनको बसाई र त्यहाँ बस्दाको अनुभव र आफुले गरेको अनुभुति बारे सुनाएका हुन ।
जन उत्थान प्रतिष्ठानका अध्यक्ष रणबहादुर रम्तेलको अध्यक्षता र संचालनमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै सुन्दासले आफु बहराईनका लागी राजदुत नियुक्त हुनु कुनै फिल्मी शैली झै लागेको बताएका छन ।
सुन्दासका भनाई अनुसार राजदुत हुन दुई वटा मात्रै बाटो थिए , एक राजनितिक रुपमा नियुक्त अर्को परराष्ट्रका कर्मचारीबाट सुन्दास भने राजतिक क्षेत्रबाट भएकोले पुष्पकमल दाहाल प्रचण्ड,विश्वभक्त दुलाल आहुती र अन्य नेताहरु धन्यवादको पात्र रहेको बताएका छन ।
पदम हाल आफ्नो ४ वर्षे कार्यकाल सकाएर स्वदेश फिर्ता भएपनि उनी आफ्नो सुरुवाटी दिनमा गरेको संघर्ष र झेलेको दुख बारे भने निकै तितो अनुभव सुनाएका छन ।
उनी भन्छन हुनत मैले राजदुत बन्न मरिहत्ते गरेको होइन, मेरो योगदान दलितलाई सम्मान गरेको हो, पदम सुन्दासले राजदूत हुनका लागि मरिहत्ते गर्यो भन्ने हल्लाको खन्दन गर्दै उनले भने ।
मलाई बायो डाटा दिन पनि मन लागेको थिएन किनकि विश्वास थिएन, तै पनि साथीहरूको करले दिँए, छनोट हुँदा खुशी लाग्यो, एकैदिनमा टुंगो लाग्यो, बहराइनको राजदूतमा, बिहान ९ बजे नेताले डकुमेन्ट मागेका थिए, दिउसो १२ बजेतिर तत्कालीन मन्त्री टोपबहादुर रायमाझीले बिनोद पहाडी मार्फत फोन गर्न लगाएछन,तपाईंलाई राजदूतमा सिफारिस गरेका छौं हुन्छ कि हुँदैन भनेर, मैले हुन्छ भने, उनले राजदूत सिफारिस हुँदाको अनुभव मुस्कुराउदै सुनाए ।
नेपालको सरकारी प्रक्रिया निकै लामो र झन्झटिलो भएको भन्दै उनले नाम छनोट भएपछि कार्ययोजना माग भएको र सबै प्रक्रिया पुर्याउदा पनि लामो समय अल्झिनु परेको दिन सम्झिन भ्याए ।
बहराइनमा २०१३ सालमा राजदूत पठाउने काम भएको थियो तर लामो समय कर्मचारीको भरमा चल्यो सुन्दासका अनुसार आफु त्यहाँ गएपछि बल्ल राजदूत गए जस्तो भएको बताएका हुन ।
उनी थप्छन तर अचम्मको कुरा के रैछ भने म राजदूत तर मभन्दा तलको कर्मचारीको मैले रिकोमेण्ट गर्न नपाइने रहेछ जस्ले गर्दा कर्मचारीले राजदूतलाई नटेर्ने, कामप्रति बेवास्ता गरिदिने हुदो रहेछ ।
र अर्को मैले देखेको राम्रो पक्ष एउटा के रहेछ भने बहराइनमा करिब ४० हजार भन्दा बढी नेपालीले बसोबास गरेका रहेछन् र रोजगार पनि पाएका रहेछन् । राजदरबारमा मात्र करिब ५ हजार नेपालीहरु दोस्रो घेरामा रहेर काम गरिरहेका छ्न । अरु देशको भन्दा हरेक कुरामा नेपाल पछि परेको भन्दै उनले बंगलादेशको राजदूतले ५ लाख तलब खाँदा नेपालको राजदूतलाई डेढ लाख तलब पनि नभएको गुनासो गरे ।
नेपालमा सरकार परिवर्तन हुँदा सबैभन्दा असर राजदूतलाई पर्ने गरेको पनि उनले बताए, सरकार परिवर्तन हुँदा आफुले १५ महिना कुर्नु परेको तितो अनुभव सुनाउदै उनले आफ्नो पार्टी फेरि पनि सरकारमा नभएको भए संभव नहुने भन्दै अरु देशमा भने त्यस्तो नभएको बताए ।
४ वर्षको बहराइन बसाँईमा त्यहीँको राजपरिवार आफ्नो मात्र नभई नेपाल र बहराइनको सम्बन्ध पनि सुदृढ भएको उनले बताए, बहराइन र नेपालको काम गर्ने तरिकामा आकाश पातल फरक रहेको उनको भनाइ थियो, करिब १५,१६ लाख जनसंख्या रहेको बहराइनमा त्यसको आधा जनसंख्या आप्रवासी रहेको र सबैभन्दा बढी भारतीय रहेको उनको बुझाइ छ ।
नेपालीहरु इमानदार र विश्वासिलो भएकोले राम्रो काम पाएको र दरबारले पनि नेपालीलाई बिश्वास गरेकोले नेपालीको इज्जत बढेको उनले बताए ।
कोरोना महामारीमा आफुले निकै तनाब भोग्नु परेको उनको गुनासो थियो, मनासोलु लगायत हिमाल चढेर फर्किएका बहराइनका राजकुमार दोस्रोपटक सगरमाथा चढ्न नेपाल आउँदा गरिब जनताको लागि भनेर अनुमतिमै ल्याएको दुई हजार दोज खोप परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वय नभएको कारण राजकुमारले अनावश्यक झमेला भोग्नु परेको र उक्त कुराले नेपाल र बहराइनको सम्बन्धमा चिसोपना आएको र आफ्नो राजदूतको पद पनि धरापमा परेको उनले सुनाए ।
साथै उनले राजकुमारको सगरमाथा भ्रमणका क्रममा आफ्नो निजी हवाई जहाजमा सैनिक ड्रेसमा आएको विषयलाइ आधार बनाएर परराष्ट्र मन्त्रालयले कार्बाही गर्न खोजेको प्रति दुख ब्यक्त गरेका हुन ।
गौतम बुद्ध र सगरमाथा शिखरको बारेमा बहराइन प्रष्ट नभएको र आफ्नो पालामा त्यो प्रष्ट भएको भन्दै उनले आफ्नो कार्यकाल सफल रहेको बताए, गौतम बुद्धको जन्म र सगरमाथाबारे आफुले प्रष्ट गरेको बताउदै उनले बहराइनको बुझाइमा बुद्ध भारतमा जन्मेको र सगरमाथा चीन र भारतमध्ये कुनमा पर्छ भन्ने थाहा नभएको अवस्थामा गौतम बुद्ध बारेमा स्पष्ट पारेको र सगरमाथा नेपालमै पर्छ भन्नको लागि त्यहाँका राजदूतलाई सगरमाथा चढाउन आफ्नो महत्त्वपूर्ण भूमिका रहेको बताए ।
बहराईन बसाइको क्रममा ३५ वर्षदेखि अवैधानिक रूपमा बस्दै आएका खोटाङका काले खापुङलाइ नेपाल फर्काउन पाएकोमा उनले खुशी व्यक्त गरेका थिए । अर्काको राहदानीमा आफ्नो फोटो टाँसेर त्यतिबेलाका एकजना मन्त्रीको बलमा बहराइन पुगेर बेपत्ता भएका खापुङलाइ नेपाल फर्काउन आफुले ३,४ महिना लगाएर निकै मिहिनेत गरेपछि मात्र आफु सफल भएको अनुभव सुनाए ।
जन उत्थान प्रतिष्ठानका अध्यक्ष रणबहादुर रम्तेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित भइ राजदूत हुँदाका अनुभव सार्वजनिक गर्नु भएकोमा सुन्दासलाइ विशेष धन्यवाद दिएका थिए ।