काठमाडौं, १९ मंसिर । आइतबार बिहान काठमाडौंमा सवारी दुर्घटना हुँदा स्कुटर चालक १९ वर्षीय युवकको मृत्यु भएको छ ।
थापाथलीमा मिनि टिप्परले ठक्कर दिँदा बा २४ प ९३५९ नम्बरका स्कुटर चालक सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोक घर भएका १९ वर्षीय सापकोटाको स्कुटरलाई आज बिहान त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनि टिप्परले ठक्कर दिएको थियो ।
स्कुटर चालक सापकोटाको घटना स्थलमै मृत्यु भएको हो भने स्कुटरको पछाडी सवार रहेका आशिष हुमागाइको भने नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरि ले जनाएको छ ।