कांग्रेस: मतगणना आज दिउँसोबाट सुरु हुने

काठमाडौ ,मंसिर १९ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।

बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए । मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ ।

कूल १ हजार ७७० मतदातामा १ हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो । यो भन्दा अगाडिका केहि निर्वाचन स्थलमा सामान्य घटनाहरु बाहिरीए पनि यो पटक असाध्यै उत्साह जनक रुपमा चुनाव सम्पन्न भएको उन्ले बताएका हुन ।